व्यास नगरपालिका-८ रिस्तीमा फेरि मतदान हुने


तनहुँ – तनहुँको व्यास नगरपालिका-८ रिस्तीस्थित साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ ।

शुक्रबार भएको मतदानलाई रद्द गर्दै ४ जेठमा मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको व्यासका मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ढुंगानाले जानकारी दिए ।

यो मतदान केन्द्रमा शुक्रबार निरीक्षणमा गएका स्वतन्त्र मेयर पदका उम्मेद्वार दिपकराज जोशीलाई कांग्रेस कार्यकर्ताले आक्रमण गरेर घाइते बनाएपछि मतदान रद्द गरिएकाे थियाे ।

रिस्तीको मतदान नभएसम्म व्यासको मतगणना सुरु नहुने ढुंगानाले बताए । शनिबार साँझ नै नेपाली कांग्रेसले भने मतगणना सुरु गर्न माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दबाब दिएको थियो ।

प्रतिक्रिया