भक्तपुर बालकोटबाट एमाले अध्यक्ष ओलीले गरे मतदान


काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।

उनले भक्तपुर नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

झापा–५ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्री ओलीको जन्म भने तेह्रथुममा भएको थियो। तेह्रथुमबाट झापा बसाइ सरेका ओली हाल बालकोट बस्दै आएका छन्।

प्रतिक्रिया