हिलाम्मे भएपछि सारियो अरनिको मैदानमा रहेको मतदान केन्द्र


दाङ – दाङकाे तुलसीपुर उपमहानगरपालिकामा एक मतदान केन्द्र सारिएकाे छ । उपमहानगरकाे वडा नम्बर ५ को अरनिको मैदानमा रहेको मतदान केन्द्र पानी परेर हिलाम्य भएपछि नजिकै रहेको तुलसी बोर्डिङ स्कुलमा सारिएको छ ।

आज बिहीवार राजनीतिक दलसँगकाे सर्वदलीय बैठकपछि यस्ताे निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

अहिले पश्चिमका केही ठाउँमा ठूलो पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्दिया, नेपालगञ्ज, नवलपरासी, दाङ, सल्यान, सुर्खेत, धनगढी लगायतका ठाउँमा ठूलाे पानी परिरहेको हो ।

प्रतिक्रिया