पाँचखालको मतदान केन्द्रमा तोडफोड, मतदानस्थल नै तहसनहस


काभ्रे – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ मा मतदानस्थल तोडफोड भएको छ ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल नै तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा तोडफोड भएको बताए ।

जोशीका अनुसार मतदानस्थलका कुर्सी, बुथलगायत तोडफोड भएको तर ब्यालेट बक्स भने सुरक्षित छन् । अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

प्रतिक्रिया