
सनराइज बैंकको ‘सनराइज दोब्बर मुद्दती’ योजना सञ्चालनमा
काठमाडाैं – सनराइज बैंकले आफ्ना ग्राहकहरूलाई हित हुने नयाँ मुद्दती खाता योजना सार्वजनिक गरेको छ । बैंकले ७७ महिनामा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सकिने ‘सनराइज दोब्बर मुद्दती’ नामको नयाँ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको हो ।
आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरूले न्यूनतम १ लाख रुपैयाँ जम्मा गरी मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
यो मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋणको व्यवस्थासमेत गरिए बैंकको भनाइ छ । त्यस्तै, विशेष सुविधाहरूमा ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिनुका साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्कसमेत मिनाहा गरिएको छ ।
यसैगरी, ग्राहकहरूलाई सधैँ प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरूको बचत मात्र नभई उनीहरूको स्वास्थ्यमा पनि साथ दिँदै हरेक बचत खातामा स्वास्थ्य बीमा सुविधा प्रदान गर्दै आएको छ ।



कागजपत्र |
