जानु सम्झिएर पुष्पको रोदन


काठमाडौं । गायक थानेश्वर गौतम र गायिका शान्तिश्री परियारको स्वर रहेको गीत ‘छुट्नै पो रैछ क्यारे’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रभा बर्तौलाको शब्द ताथ गायक गौतमको संगीत छ ।

अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशन रहेको भिडियोमा पुष्प खड्का र जानु पोखरेल फिचर्ड छन् । भिडियोमा घर परिवारका कारण टुटेको एक सच्चा प्रेमलाई देखाइएको छ । भिडियोमा खिमबहादुर गुरुङको छायांकन तथा सम्पादन छ ।

प्रतिक्रिया