
१४९ दलित महिला सदस्यमा परेन उम्मेदवारी, ३५३ उम्मेदवार निर्विरोध
काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ।
आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा कुल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो।
हरेक वडामा एकजना महिला दलित महिला सदस्य हुने व्यवस्था गरिएको भए पनि सो संख्यामा भने उम्मेदवारी नपरेको हो।
निर्वाचन आयोगले देशभरि ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जनाएको छ। देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।



कागजपत्र |
