विशङ्खुनारायणको महास्नान रोक


ललितपुरचार नारायणमध्येका एक विशङ्खुनारायणको महास्नान रोकिएको छ । विशङ्खुनारायणका पुजारी परिवारलाई सुत्केरो परेसँगै आज उक्त महास्नान रोकिएको हो । सदियाँै वर्ष अघिदेखि नारायणको रेखदेख र पूजा आदि व्यवस्थापन सुवेदी थरले गर्दै आएका थिए । 

प्रत्येक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनानुसार आजको दिनमा महास्नान गरिने गरिएको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले जानकारी दिए । उनले भने, ‘सुत्केरो चोखिएपछि उत्तम साइतमा महास्नान गर्नेछाँै तर कुन दिनमा हुन्छ भन्ने कुरा छलफलपछि मात्र थाहा हुन्छ । सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्ट देवताको रुपमा पुज्ने भएकाले आफूहरुमार्फत नै सो महास्नान गरिने गरिएको सचिव सुवेदीले जानकारी गराए ।

गोदावरी नगरपालिका२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधीनी एकादशीको दिन  मेला लाग्ने गर्छ ।  चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रुपमा पुज्ने गरिन्छ । हरेक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने भएकाले धुनवँेशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटाँैडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट दर्शनार्थी विशङ्खनारायण आउने गर्छन् । भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामकरण भएको स्थानीयवासी गोविन्द विष्टले जानकारी गराए ।

(रासस)

प्रतिक्रिया