चेपाङ गाउँमा सडक


मुग्लिनचितवनको ईच्छाकामना२ हपनीका शेरबहादुर चेपाङ आइतबार निकै खुशी देखिन्थे । गाउँमा मोटरबाटो पुगेपछि शेरबहादुर खुशी भएका हुन् । खुशी हुदैँ उनले भने, ‘अब घन्टांैसम्म हिँड्नुपर्ने बाध्यता हटेको छ, गाउँमा उत्पादित तरकारी बजार लैजान सहज  भएको छ ।

लामो समयको प्रयासपछि  गाउँपालिकाको विकट स्थानमा रहेको चेपाङबस्ती हपनी गाउँबाट शक्तिखोरफिस्लिङ सडकखण्ड अन्तर्गत सोही वडाको वर्लेङमा मोटरबाटो जोडिएपछि गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले  आइतबार   उद्घाटन गरिन् ।

अध्यक्ष गुरुङले लामो समयको प्रयासपछि सडकको  नयाँ ट्र्याक खोल्ने काम पूरा भएको बताए । उनले भने, ‘लामो समयको प्रयासपछि सडकको नयाँ ट्र्याक  खोल्ने काम सम्पन्न भएको छ, यहाँको बासिन्दाले भोग्नुपरेको एउटा समस्याको सामाधान भएको छ । उनले गाउँमा सडक पुगेसँगै आयआर्जनका लागि कृषिकर्मममा ध्यान दिन स्थानीयवासीलाई आग्रह गरे । अधिकांश चेपाङ  समुदाय रहेको यस भेगमा गाउँपालिकाले व्यवसायी कृषिका लागि यसअघि उन्नत जातको बीउबिजन वितरणका साथै र तालीम  प्रदान गरेको भन्दै  थप सहयोग गर्ने  प्रतिबद्धता उनले जनाए ।

वडा नं २ मा बिजुली बत्तीका लागि गाउँपालिकाले ६७ लाख बजेट विनियोजन गरिएको समेत उनले बताइन् । वडाध्यक्ष पञ्चबहादुर चेपाङले अब यहाँका जनताले उत्पादन गरेको तरकारी बजारसम्म लैजान सहज हुने बताइन् ।

वडा नं २ को धेरैजसो टोलटोलमा सडक सञ्जालले जोडिसकेको उनको भनाइ थियो । सडक जोडिएसँगै  माथिल्लो काउलेभोटो गाउँ, तोवाङ, हपनीलगायत ११ गाउँका स्थानीयलाई सहज भएको छ । वडाले चेपाङ समुदायको लागि आयआर्जनका कार्यक्रम ल्याउने बताइएको छ ।

गाउँपालिकाको रु ८५ लाख र केन्द्र सरकारको रु १५ लाख गरी एक करोडको लगानीमा उक्त सडकको नयाँ ट्र्याक खुल्ने काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । भविष्यमा यो क्षेत्रका लागि मुख्य मेरुदण्ड हुने शक्तिखोरफिस्लिङ सडकमा सबै टोलबाट जोडिने गरी बाँकी सडक निर्माण गर्नुपर्ने उनले बताए ।

अहिले एशियाली विकास बैँक एडिबीको अनुदान सहयोगमा शक्तिखोरफिस्लिङ सडकको कालोपत्रसहित  स्तरोन्नतिको काम भइरहेको छ । चितवनको कालिका नगरपालिकाबाट इच्छाकामनाको फिस्लिङस्थित पृथ्वीराजमार्गमा जोडिएको उक्त सडकबाट ईच्छाकामनाको विकट वडा १, , ३ का  स्थानीय लाभान्वित हुनेछन् ।

(रासस)

प्रतिक्रिया