लेहङ्गा र चोलो सिलाएर आत्मनिर्भर


अञ्जना पराजुली(रासस)

विराटनगरलगन र परिश्रमका साथ काम गरेमा धन कमाउन विदेश होइन स्वदेशमा नै मनग्य आम्दानी गर्न सकिने उदाहरण यहाँ बुटिक सञ्चालले दिएका छन् । काम गर्दा पनि आफूभित्रको गहिराइ र आफू वरिपरिको वातावरण चाहिँ बुझ्नुपर्ने विराटनगर९ स्थित  एक बुटिक सञ्चालनकले देखाएका छन् । न्यू लक्की बुटिकका सञ्चालक लक्की अलीले अहिले अन्य कामदारलाई रोजगार उपलब्ध गराई वार्षिकरुपमा राम्रो आम्दानी गर्न सफल भएका छन् ।

उनी भन्छन् काम भन्ने कुरा सानो र ठूलो हँुदैन । आफूलाई सन्तुष्टि प्राप्त हुने सीपमा परिश्रम र लगनशील भएर कार्य गरेमा परिवारको पालनपोषण राम्ररी गर्न सकिन्छ । पहिला आफू मेकानिक भएर काम गर्ने गरेको तर पछि आफ्नो आमाले घरमा एक जना लुगा सिलाउने मास्टर हुनु नै पर्ने कुरामा जोड दिन थालेपछि लुगा कटाई र सिलाइको काम सिकेको बताउछन् ।

उनले बजारमा नयाँनयाँ फेशन आउने हुनाले त्यसका लागि दक्षता हासिल गर्न काठमाडौँ, भारतको कोलकाता, मुम्बई, डिल्ली र कस्मिरसम्म पुगेर  विभिन्न नयाँ फेशनसम्बन्धी तालिम लिएको बताए । बुटिकको काम गर्दा रमाइलो लाग्ने गरेको र यो विशुद्ध हातको कला र सीप रहेको विचार व्यक्त गरे ।

उनले सञ्चालन गरेको बुटिकमा २४ जनालाई रोजगारी दिनुका साथै विवाह, व्रतबन्ध र  विभिन्न धार्मिक कार्यक्रममा कामको चाप बढ्ने हुनाले थप कामदार करारमा राख्ने गरेको जानकारी दिए । उनले काम गर्ने कामदारको तलब न्यूनतम रु ३० हजारदेखि रु ५० हजारसम्म भुक्तानी गर्ने गरेको बताए ।

बुटिकका आफूले बनाएको लुगा सामान्यता रु तीन हजार ५०० देखि शुरु भई रु तीन लाखसम्म ग्राहकको रोजाइमा निर्माण गरी बिक्री गर्ने गरेको उहाँले जानकारी दिए ।  अलीले ग्राहकले  देखाएको र चाहेजस्तो सबै डिजाइन सामग्री बनाउने गरेको जनाउँदै ग्राहकको चाहना नयाँनयाँ नेपाली र भारतीय चलचित्र र टेलिभिजनको सिरियलमा नायिका लगाउने गरेको बताएका आधारमा निर्माण गर्ने जानकारी दिए ।

मुख्यतः महिला तथा युवतीले बनाउने लुगामा लेहेङ्गा चोली, गाउन, ब्राइडल लेहेन्गा, डिजाइनर चोलो, सारी, भेलभेटको सारी र साना केटाकेटीको लेहेङ्गा र कपडा पास्नीमा लुगाको निर्माण गर्न आउने गर्दछन् । उनले भने ।

उनले बुटिकमा विराटनगरको मात्र नभएर अन्य ठाउँबाटसमेत कपडा बनाउन ग्राहक आउने गरेको र नेपाल बाहिर अमेरिका, जापान, अस्ट्रेलियामा समेत आफूलाई माया गर्ने ग्राहक रहेको र उताबाट पनि धेरै अडर आउने र बनाएर बाहिर पठाउने गरेको जानकारी दिए ।

बुटिक सञ्चालक अलीले आफूले विभिन्न प्रकारका चलेको कपडा काठमाडौँ, भारतको सुरत, कोलकता, धरानबाट मगाउने गरेको जानकारी दिए । उनले अहिले विभिन्न डिजाइनमा चलेका कपडा ग्राहकको रोजाइमा परेको नेपाली ढाका, भेलभेट कपडा, सिल्क, जरजेट, नेट, बनारसी, प्रिन्ट बुटा जस्ता कपडा ग्राहकको रोजाइमा परेको जानकारी दिए ।

अहिले नेपालको उत्पादन ढाकाको कपडाको माग एकदमै बढेको र जेन्स र लेडिज दुवैको रोजाइमा यो परेको जानकारी दिँदै अलीले भने, ‘ग्राहकले देखाको डिजाइनलाई पूरै निखार्न सक्नु आफ्नो बुटिको खुबी हो । विराटनगरमा करीब १८ वर्षदेखि गुड ह्विल बुटिक सञ्चालन गर्दै आएको अफताव अलीले पहिलाको तुलानामा अहिले ग्राहकको रोजाइमा बुटिक एकदमै रुचाउन थालेको बताए ।

उनले भारतमा तयार हुने हुने विभिन्न सिरियल र चलचित्रबाट प्रभावित नेपाली ग्राहक त्यसैअनुसारको लुगा लगाउन र सिलाउन मन गरेकाले हाम्रो बुटिकको काम बढेको र आम्दानी पनि राम्रो हुने गरेको चर्चा गरे । उनले पहिले सामान्य लुगा मात्र सिलाउथे तर ग्राहकको चाप र माग बढेदेखि बुटिक सेवा प्रारम्भ गरेपछि आम्दानीमा एक्कासी वृद्धि भएको जानकारी दिए । यसबाट आम्दानी मात्र होइन स्थानीय ग्राहकको आवश्यकता पनि पूरा हुने गरेकाले म कहाँ आउने ग्राहक फेरि पनि मेरै आउँछ उनको भनाइ थियो ।

यस्तै विराटनगर वडा नं १२ मा न्यू जुनु बुटिक चलाउँदै आएकी जुनु मगर विगतको  सम्झँदै भन्छिन्, ‘आफ्नो जीवनमा पैसा नभएर धेरै दुःख भोग्नुप¥यो ।एक दिन आफ्नो मिल्ने साथीले सिलाइकटाइ सिक्न आग्रह गरी पैसा पनि आफैँ हालिदिने सर्तमा सामान्य लुगा सिलाउन सिक र गरी खाउ भन्ने उहाँको भनाइबाट प्रेरित भएर मैले यो सीप सिके र आज मेरो अवस्थामा निकै सुधार र परिवर्तन आएको चर्चा गरिन् ।

मैले सिलाएको लुगा ग्राहकले मन पराइदिएपछि मेरो व्यवसाय टिकेको छ भन्दै जुनु मगरले थप तालीम लिइ अहिले डिजाइजनर पनि भएकी छन् । उनले आफ्नो व्यवसायमा तीन जना महिलालाई रोजगार पनि दिएको जानकारी दिइन् ।

म महिला भएको नाताले म कहाँ महिला युवती आउन कुनै सङ्कोच नमान्ने र शरीरको नाप लिएर बनाएका लुगा उनीहरुलाई राम्रो जाँच्ने तथा आकर्षक देखिने भएकाले पनि मेरो व्यवसाय राम्रो चलेको जुनुको भनाइ छ ।

सोनी सब्नम बुटिकका सञ्चालक अली मियाले बुटिको काम आफूले १२ वर्षदेखि गर्दै आएको बुटिकमा विवाहको मौसममा राम्रो आम्दानी हुने गर्छ । अरुबेला सामान्य हुन्छ । अहिले आफ्नो बुटिकमा नेटको कपडाको लुगा सिलाउने ग्राहक बढी आउने गरेको जानकारी दिइन् ।

उनले बुटिकमा विराटनगर बाहिर दुहवी, खनारबाटसमेत कपडा बनाउन आउने गरेको जानकारी दिइन् । बुटिकमा कपडा सिलाइ गर्दा ढाँचा अनुसारको ज्याला लाग्ने र सामान्य चोलो सिलाको रु ४०० देखि रु दुई हजारसम्म रहेको छ । गाउनको सिलाएको ज्याला रु तीन हजार, लेहेङ्गा चोलीको ज्याला रु दुई हजार ५०० देखि रु १० हजार, कुर्ता सलवार सिलाएको ज्याला रु ४०० देखि रु एक हजार ५०० सम्म ज्याला निर्धारण गरेको छ ।

प्रतिक्रिया