आइएमई जनरल इन्स्योरेन्सद्धारा लाभांश पारित कति प्रतिशत ?


काठमाडौँ – आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर ब्यङ्क्वेट, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनश शेयर र ०.३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै सभाले लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी बढाएर २ अर्ब ५० करोड पुर्‍याउने विशेष प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया