मेयरको उम्मेदवार बन्न उपसचिवबाट राजीनामा


काठमाडौँ – सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार बन्न आफ्नो पदबाट राजीनामा दिएका छन्। संघीय मन्त्रालयमा कार्यरत भुसालले स्थानीय चुनावमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्।

यसअघि देवचुली नगरपालिकामा प्रमुख प्रशासकीय उम्मेदवार रहिसकेका भुसाल त्यहीँका स्थायी बासिन्दा हुन्।

देवचुलीका स्थानीयका अनुसार कांग्रेस नेताहरुको टिकट दिने आश्वासनपछि भुसालले उपसचिव पदबाट राजीनामा दिएर उम्मेदवार बन्ने मनशाय व्यक्त गरेका हुन्।

पूर्वी नवलपरासीका जिल्ला पार्टी सभापति महेन्द्रध्वज जीसी र कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछाने र नेता डा. सशांक कोइरालाले उनलाई राजनीतिमा आउन प्रेरित गरेको स्थानीयहरुले दाबी गरेका छन्।

प्रतिक्रिया