
विवाह बन्धनमा बाँधिइन् अभिनेत्री केकी अधिकारी
काठमाडौं – अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन्। आज परिवार र नजिकका साथीहरुको उपस्थितिमा उनले व्यापारी रोहित तिवारीसँग विवाह गरेकी हुन्। रोहित हाम्रो बजार डट कमका सिइओ हुन्।
केकीले बिहीवार सामाजिक संजालमा तस्विरहरु राखेर विवाहकाे समाचार सार्वजानिक गरेकी हुन्। उनले आफ्ना दर्शकहरुमाझ विवाहको खबर साट्न पाउँदा खुशी लागेको बताएकी छिन्।



कागजपत्र |
