उम्मेदवारको टुंगो लगाउन आज कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक, होला त सहमति?


काठमाडौँ-  नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्‍ने छ।  बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने बताइएको छ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्नेछ । सोही समयसीमालाई मध्येनजर गर्दै बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया