
भन्सार छली ल्याएको समानसहित एकजना पक्राउ
काठमाडौं – भन्सार छली ल्याएको सामान र गाडीसहित एक जना पक्राउ परेका छन् । काठमाडौंस्थित थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ना ६ ख ४३ नं. को ट्रकमा भन्सार छली ल्याएको कपडासहित बुधबार एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
पक्राउ पर्नेमा चितवनका २८ वर्षीय तस्विर तामाङ रहेको प्रहरीले जनाएको छ । उक्त सामानसहितको ट्रक र तामाङलाई प्रहरी बृत्त कालिमाटी र प्रहरी प्रभात कल्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै १५ लाख बराबरको समान पनि बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको ट्रक, समान र तामाङलाई कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।



कागजपत्र |
