निफ्राले गर्‍यो ९ महिनामा ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन


काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ । जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १७.८६ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बैंकले ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ३८.०७ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ९५ करोड ३७ लाख रुपैयाँ भएको थियो ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १८.७३ प्रतिशतले बढेर ९९ करोड २० लाख रुपैयाँ भएको छ । गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा ८३ करोड ५५ लाख रुपैयाँ भएको थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ। गत वर्ष यही अवधिसम्म ५.०२ रुपैयाँ रहेको ईपीएस घटेर ४.२९ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ रु. १०६.५१ र पीई अनुपात ७३।७० गुणा कायम भएको छ ।

समीक्षा अवधिमा बैंकले ४० करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ११ अर्ब ९४ अर्ब बढी कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ३० करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

प्रतिक्रिया