इन्द्रायणी मन्दिरबाट चोरिएका मुर्तिहरुसहित २ जना पक्राउ


काठमाडाैं – इन्द्रायणी मन्दिरबाट चोरिएका मुर्तिहरुसहित २ जना पक्राउ परेका छन् । काठमाडाैं नागार्जुन नगरपालिका- ६ फस्कुस्थित सडकखण्डमा एकजना पुरुष व्यक्तिले प्लाष्टिकको बोराभित्र चोरीका सामानहरु बोकी हिडिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेमा सिन्धुली जिल्ला  दुधौली नगरपालिका-४ डाँकाबजार घर भई हाल काठमाडाैं- १४ कलंकी खड्कागाऊँ बस्ने वर्ष ३० को उमेश खड्का र धादिङ जिवनपुर-४ का हाल धुनीवेशी नगरपालिका-४ घर भएका वर्ष ५६ को कान्छा मगर रहेका छन् । खड्काले बोराभित्र मुर्ति लगायतका पुजा आजाका सामानहरु लुकाई छिपाई लैजादै गरेको अवस्थामा फेला पारी बरामद सामानसहित निजलाई प्रहरी बृत्त स्यम्भूबाट खटिएको प्रहरी टोलीद्वारा नियन्त्रणमा लिइएको हाे।

उक्त मुर्तिहरु नागार्जुन नगरपालिका-७ गोदामथोक बतासेपाखास्थित इन्द्रायणी मन्दिरबाट कान्छा मगरसमेतको मिलेमतोमा चोरी गरेको भन्ने खुल्न आएकोले निज कान्छा मगरलालाई समेत काठमाडाैं-१५ सितापाइलाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ । उनीहरुकाे साथबाट निम्नानुसार सामान बरामद भएकाे छ ।
१. तामाको ठुलो कलश थान-१ ।
२. तामाको स-साना कलश थान -२ ।
३. तामाको अर्ग थान – १ ।
४. पित्तलको सानो घण्टी थान – १ ।
५. सेतो शंङ्ख थान – १ ।
६. माटोको गणेशको मुर्ति थान – १ ।
७. कालो रङ्गको शिवलिङ्ग थान -२ ।
८. सिल्भरको शिव, पार्वती र गणेशको मुर्ति थान – २ ।
९. किटको शिव, पार्वती र गणेशको मुर्ति थान -१ ।
१०. सिल्भरको श्रीकृष्णको मुर्ति थान – १ ।
११. सिल्भरको शिवको मुर्ति थान – १ ।
१२. किटको दुर्गा माताको मुर्ति थान -१ ।

घटनाको सम्बन्धमाथप अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया