नेप्से ४१ अंकले घट्यो, १ अर्ब ५३ करोडको कारोवार


काठमाडौँ –  सोमबार सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ४१.७७ अंकले घटेको हो । सो अंकको कमीपछि नेप्से २३४३ अंकमा कायम भएको छ।

यस्तै, ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स ६.८२ अंकले घटेर ४४४.१५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल २२९ वटा कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रूपैयाँमा खरिदबिक्री भएको छ ।

सबै उपसमूह घटेका छन् । बैंकिङ १६, ब्यापार ११, होटल तथा पर्यटन ४९, विकास बैंक ६९, जलविद्युत् ८०, फाइनान्स ६२, निर्जीवन बीमा ३४२, उत्पादन ९३, अन्य ५२, माइक्रोफाइनान्स ३६ र जीवन बीमा उपसमूह २६३ अंकले घटे । कुल ११ कम्पनीको मूल्य बढ्यो भने १८२ को घट्यो, २ को स्थिर रहृयो ।

नेस्डो समृद्ध लघुवित्तको मूल्य १० प्रतिशत बढ्दा दिव्यश्वरी हाइड्रोको करिब ८ प्रतिशत बढ्यो ।  सोमबार नेस्डो समृद्ध लघुवित्तको १० प्रतिशत वृद्धिपछि प्रतिकित्ता सेयरको भाउ २ हजार ७३७ रुपैयाँ ७० पैसा पुगेको छ ।  दिव्यश्वरी हाइड्रो र जाल्पा लघुवित्तको सेयरमूल्य पनि ६ प्रतिशत धेरैले बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य सबैभन्दा धेरै ८.३ प्रतिशत घट्यो ।

सोमबार नबिल बैंककोे सर्वाधिक ४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिमालयन डिष्टिलरी र महालक्ष्मी विकास बैंकको पनि ४ करोड माथि कारोबार भयो ।

प्रतिक्रिया