थपिए १० कोरोना संक्रमित, ३४ जना संक्रमणमुक्त


काठमाडौँ –  पछिल्लो २४ घण्टामा नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पिसिआरबाट ९ र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, सोही अवधिमा ३४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.७ रहेको मन्त्रालयले जनाएको छ । आज देशभर ४ हजार ६९१ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५० रहेका छन् ।

प्रतिक्रिया