२० प्रतिशत लाभांश पारित गर्न नयाँ सारथी लघुवित्तले बोलायो साधारण सभा


काठमाडौं – नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले आगामी वैशाख १० गते साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा प्रधान कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे हुने जानकारी दिएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले एफपीओ निष्कासन गर्ने र यस कम्पनीले अन्य कुनै पनि वित्तीय संस्थालाई प्राप्ति गर्ने वा प्राप्ति हुने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

उक्त साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २३ गतेदेखि २०७९  वैशाख १० गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यसैले चैत २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया