

सूर्यविनायक नगरपालिकामा एनआईसी एशियाकाे विस्तारित काउण्टर

भक्तपुर – एनआईसी एशिया बैंकले आफ्ना ९३ औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा सुरु गरेको छ ।
उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संयुक्त रुपमा गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै समुद्घाटन समारोहका प्रमुख अतिथि पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एनआईसी एशिया बैंकसँगको साझेदारीले ई–बैंकिङ्गजस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउन मद्दत पु¥याउने र देशको अर्थतन्त्रलाई सुदृढीकरण गर्नका लागि बैंकिङ्ग प्रणालीको महत्वपूर्ण भूमिका रहेकोमा यस बैंकसँगको साझेदारीले थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सूर्यविनायक नगरपालिकाको सम्पूृर्ण बैंकिङ्ग कारोबारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोमा सादर धन्यवाद ज्ञापन गर्दै देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायक नगरपालिकाको बैंकिङ्ग पार्टनर हुन पाउनुलाई बैंकले निकै ठूलो गर्व र गौरवको विषयको रुपमा लिएको बताए ।
साथै नगरपालिकाका मेयर वासुदेव थापाले विस्तारित काउण्टरबाट सम्पूर्ण नगरबासीले आधुनिक बैंकिङ्ग सेवा प्राप्त गर्नुका साथै कर्जा सुविधा समेत उपभोग गर्न पाउने बताए । समुद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, सूर्यविनायक नगरपालिकाका उपमेयर जुना बस्नेत, प्रमुख प्रशासकिय अधिकृत कमल ज्ञवाली, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख भवराज जोशी, सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षहरू, नगर सदस्यहरू एवं यस बैंकका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७१ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ७६ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

