एसएसपी सिंहको स्ट्रिङ अपरेशन, १५ हजार घुससहित इन्स्पेक्टर पक्राउ


काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले मातहतका बृत्त र प्रभागमै भ्रष्टाचार बिरुद्ध सून्य सहनशीलताको अभियान सुरु गरेका छन् ।

एसएसपी सिंहको अभियान अन्तर्गत परिसरको टोलीले महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई आज १५ हजार घुससहित नियन्त्रणमा लिएको छ । शर्माले मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीसँग १५ हजार घुस लिएको सूचना पाएपछि परिसरको टोली खटाइएको थियो ।

एसएसपी सिंहले थानकोट बृत्तका प्रहरी निरीक्षकलाई १५ हजार घुससहित नियन्त्रणमा लिइएको स्वीकार गरे । उनले भने, मुद्दा मिलाइदिन्छु भनेर घुस लिएको पाइएपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

शर्मा मुद्दा फाँटका इन्स्पेक्टर हु्न् । उनी लामो समयदेखि बृत्तको मुद्दा फाँटामा थिए ।

प्रतिक्रिया