सिद्धार्थ इन्स्योरेन्सद्धारा लाभांश पारित, १ अर्ब ९२ करोड बीमा शुल्क आर्जन


काठमाडौं –   सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।  सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्व १२ करोडकोे १५ प्रतिशत वोनस शेयर जारी गर्ने तथा कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांस प्रदान गर्ने र मर्जर सम्वन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ ।

सभाले प्रबन्ध पत्रको दफा ५ को ख मा रहेको पूँजी सम्बन्धि व्यवस्थालाई संशोधन गर्ने, नियमावलीको नियम ५ को ख र घ मा रहेको पूँजी सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै सभाले गत आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण, तथा अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत २ अर्ब ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन गरेकोे थियो । साथै चालु आर्थिक वर्षको साधारण सभाको दिन सम्म कम्पनीले १ अर्ब ९२ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया