एमाले–परिवारदलबीच गठबन्धन गर्ने सम्झौता


काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले र नेपाल परिवार दलबीच गठबन्धन हुने भएको छ ।

नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ ।

अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् । सम्झाैता कार्यक्रममा एमाले उपाध्यक्ष इश्वर पोखेरेल, विष्णु पाैडेललगायतकाे उपस्थिति थियो ।

नेपाल परिवार दलका नेता एकनाथ ढकाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल निकट भए पनि स्थानीय तह निर्वाचनमा भने एमालेसँग गठबन्धन गर्ने सम्झाैता गरेका हुन् ।

प्रतिक्रिया