शेयर बजार दाेहाेराे अंकले घटेर २४ सय विन्दुभन्दा तल झर्‍याे


शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि घटेकाे छ । नेप्से परिसूचक मंगलवार ३४.७८ अंकले घट्दै २३८५.०२ विन्दुमा झरेको छ । सोमवार ४४.६४ अंकले नेप्से घटेको थियो । यस दिन सेन्सेटिभ परिसूचक ५.५२ अंकले घट्दै ४४९.३६ विन्दुमा झरेको छ ।

कुल २ सय ३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर ३१ हजार ५७६ पटक १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँमा किनबेच भएको छ । होटल तथा पर्यटन उपसमूह ३ अंक बढ्यो भने अरु सबै घटेका छन् । बैंकिङ १२, विकास बैंक ७१, फाइनान्स ४५, जलविद्युत ५२, जीवन बीमा २१४, उत्पादन ९९, लघुवित्त ५१, निर्जीबन बीमा २३५, अन्य ४८ र ब्यापार उपसमूह ४० अंकले घटे ।

यसदिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ । प्रतिकित्ता १८७ रुपैयाँ बढेर कम्पनीको सेयर मूल्य २ हजार ५७ रुपैयाँ पुगेको छ ।

यसैगरी, इमर्जिङ नेपालको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँले घटेर ९३५ मा आइपुगेको छ ।  सबैभन्दा बढी गुमाउनेमा इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ता छन् । उनीहरूले ६.५९ प्रतिशतले गुमाएका हुन् ।

आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको सेयर कारोबार भएको छ । आज ५ करोड ७५ लाख रुपैयाँ बराबरको उक्त कम्पनीको सेयर कारोबार भएको छ । यसपछि, नबिल बैंकको सेयर ४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया