आइएमई जनरल इन्स्योरेन्सको ४५ लाख ३९ हजार कित्ता हकप्रद शेयर बाँडफाँड


काठमाडौं – आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ ।  कम्पनीले संस्थापक शेयरधनी समुहको २३ लाख ६१ हजार ४७५ कित्ता हकप्रद शेयर जारी गर्दा  ४५ लाख ३९ हजार १४९ कित्ता शेयर बाँडफाँड गरिएको हो ।

बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार  सर्वसाधारण समुहको २२ लाख ६८ हजार ८६९ कित्ता शेयर बिक्री गर्दा ८८ हजार ९३४ कित्ताको लागि भने आवेदन परेन । त्यस्तै संस्थापक शेयरधनी समुहको तर्फबाट भने २ हजार २६१ कित्ताको लागि आवेदन नपरेको क्यापिटलले जनाएको छ ।

कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म १० कित्ता बराबर ४ कित्ताको अनुपातले बिक्रीका लागि आह्वान गरेको थियो । हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज गर्नु भन्दा अगाडीको पूँजी एक अर्ब १५ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया