एनसीसी बैंकको १४ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको कुल १४ लाख २५ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने जानकारी दिएको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडौँस्थित सेयर शाखामा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको छ ।