थप ८ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सेबोनको स्वीकृती


काठमाडौं – नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताकाे रूपमा काम गर्न थप ८ कम्पनीलाई स्वीकृति प्रदान गरेकाे छ । याे सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीकाे संख्या ९५ पुगेकाे छ । यसअघि बाेर्डले पहिलाे चरणमा ४६ वटा, दोस्रो चरणमा थप १८ वटा, तेस्रो चरणमा ७ वटा कम्पनी, चौथो चरणमा ९ वटा, पाँचाै चरणमा ५ वटा र छैठाैँ चरणमा २ वटा कम्पनीलाई स्वीकृति दिएको थियो  ।

थपिएका कम्पनीहरूमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, सानिमा लार्ज क्याप फण्ड, नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, प्रभु सेलेक्ट फण्ड, अल्का इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, टेलिभेञ्चर पार्टनर्स प्राइभेट लिमिटेड र स्काई टच इन्भेष्टमेण्ट एण्ड कन्सल्टेन्ट प्राइभेट लिमिटेड रहेका छन् ।

योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गर्ने जस्ता कार्य गर्दछन् ।

संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न योग्य कम्पनीहरू –

6252ab68a79cb.jpg

प्रतिक्रिया