झापामा चट्याङ लागेर एक महिलाको मृत्यु


झापा – झापाको गौरादह नगरपालिका–५ मा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेकी छन् ।

घर नजिकै काम गरिरहेको अवस्थामा आज ९आइतबार० दिउँसो १ बजे हावाहुरी र पानी सँगै परेको चट्याङमा परि घाइते भएकी थापालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया