आइतबार सेयर बजार बन्द


काठमाडौं –  आइतबार सेयर बजार बन्द रहने भएको छ ।  सरकारले आज  देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हुनाले आज सेयर बजार पनि बन्द हुने भएको हो ।

आज रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले एक सुचना जारी गर्दै बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आज विदा दिने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया