

हिमाल आरोहणका लागि ५ सय ५ जनाले लिए अनुमति, २९ करोड रोयल्टी संकलन

काठमाडौं – सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १८ हिमाल आरोहणका लागि यस वर्ष ५ सय ५ जनाले अनुमति लिएका छन्। गत शुक्रबारसम्ममा सगरमाथा आरोहण गर्न सबैभन्दा बढी २०४ जनासहित ५०५ जनाले अनुमति पाएको पर्यटन विभागले जनाएको छ। विभागको तथ्यांक अनुसार आरोहणका लागि अनुमति लिनेहरुमा ३ सय ८९ जना पुरुष र ११६ जना महिला छन्।
यस वर्ष सबैभन्दा बढीले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्नका लागि अनुमति लिएका छन्। हालसम्म २३ समूहमा २ सय ४ जनाले सगरमाथा आरोहणको लागि अनुमति पाएका छन्। सगरमाथा आरोहणका लागि अनुमति पाउनेमा १ सय ५८ जना पुरुष र २ सय ४ जना महिला छन्।
जसमा आमादब्लम हिमालका लागि ४ समूहका ३९ जना, अन्नपुर्ण–१ मा ४ समुहका २६ र ल्होत्से हिमाल आरोहणका लागि ६ समुहका ५२ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको टोलीबाट सरकारलाई २९ करोड ७४ लाख ३४ हजार ८०१ रोयल्टी प्राप्त भएको छ।

