कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने, आजै सपथ


काठमाडाैं – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । यही वैशाख ३० गते हुने पालिकाको चुनावका लागि आचारसंहिता लागू हुनुअघि कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री प्रदेश सरकारमा सहभागी हुने भएका हुन् ।

आचारसहिंता आज शुक्रवार राति १२ बजेदेखि लागू हुँदैछ। कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकास मन्त्री हुने तयारी छ । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्ने भएका छन्।

कांग्रेसका मन्त्रीहरूका लागि एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री सरकारबाट हट्नेछन् ।

प्रतिक्रिया