

ललितपुर महानगरले असार मसान्तसम्म कर चुक्ता गर्नेलाई २५ प्रतिशतसम्म कर र जरिवाना छुट दिने

ललितपुर- ललितपुर महानगरपालिकाले २०७९ असार मसान्तसम्म बुझाउनुपर्ने पुरै कर बुझाएमा कर रकममा छुट दिने भएको छ । ललितपुर महानगरपालिका आर्थिक ऐन, २०७८ बमोजिम बुझाउनुपर्ने कर रकममा २५ प्रतिशतसम्म छुट र बाँकी बक्यौता करमा लाग्ने सम्पूर्ण जरिवाना छुट दिने निर्णय गरेको हो ।
महानगरले चालु आवको मालपोत (भूमिकर), सम्पत्ति कर, व्यवसाय कर र विज्ञापन करमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । यस्तै, व्यवसाय कर (नविकरणको हकमा) २५ प्रतिशतसम्म र चालु आर्थिक बर्षको एक बर्षकै बहाल कर चुक्ता गरेमा ३ महिना बराबरको कर रकम छुट दिने बताइएको छ । यो सुविधा लिनका लागि २०७९ असार मसान्तभित्र चालु आर्थिक बर्षसम्म बुझाउन बाँकी पुरै कर बुझाउनुपर्ने हुन्छ ।

