अपि पावरको १ अर्ब ८ करोड ६० लाखको हकप्रद शेयर निष्कासन


काठमाडौं –  अपि पावरले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले ३९.३६ प्रतिशत अर्थात् १ कित्ता बराबर ०.३९३६ का दरले १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीले हकप्रद निष्कासनको लागि चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत १३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले बैशाख १५ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।

उक्त हकप्रद शेयरमा मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा–नागढुङ्गा, नारायणगढ, सुर्खेट, नेपालगंज, धनगढी, विराटनगर र जनकपुर शाखा कार्यालय आवेदन दिन सकिनेछ ।

यसका साथै ग्लोबल आइएमई बैंकका बैतडी, गोकुलेश्वर, दार्चुला, डडेलधुरा, महेन्द्रनगर, धनगढी र अत्तरीय शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

शेयर निष्कासनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले फागुन २६ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको लागि अनुमति पाएको हो । हाल कम्पनीले ४० मेगावाटको अपर चमेली परियोजना निर्माण गरिरहेको छ भने केही मेगावाटको सोलार परियोजना समेत निर्माण गरिरहेको छ।

प्रतिक्रिया