देशभर थप ७ जनामा कोरोना पुष्टी, २५ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ हजार ६६८ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको बताएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ । अहिलेको अवस्थामा नेपालमा ७४७ जा सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएकोछ ।

पछिल्लो २४ घन्टामा देशभर ५० हजार ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाइएको छ ।

प्रतिक्रिया