

प्रि ओपन सेसनम सामान्य अंकले घट्यो नेप्से, ३८८ कित्ता शेयर खरिदबिक्री

काठमाडौं – साताको अन्तिम कारोबार दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ। बुधबार नेप्से २३.४१ अंक घटेर २४२८.६६ विन्दुमा बन्द भएको थियो । यस दिन सो सेसनमा ०.७० अंक घटेर २४२७.९७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१३ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ८ स्टकको २ लाख ९९ हजार ९९९ रुपैयाँ ८० पैसा बराबरको ३८८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

