४ लाख कित्ता संस्थापक शेयर विक्री गर्दै सिटिजन्स बैंक


काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनलले ३ लाख ९८ हजार ७५ दशमलव शून्य ४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बुधवार एक सूचना जारी गर्दै विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

शेयरको मूल्य प्रतिकित्ता रू. १८० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई विक्रीको प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी गराएको हो ।

प्रतिक्रिया