

बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा १९२९ औं स्थानमा, सम्पत्ति बढेर डेढ अर्ब डलर पुग्यो

काठमाडौं – नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरी विश्वका अर्बपतिको सूचीमा १९२९ औं नम्बरमा परेका छन् । उनको सम्पत्ति समेत बढेको छ। गएराति फोर्ब्सले सार्वजनिकफोर्ब्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ।
उद्योगपति चौधरी सन् २०१३ मा पहिलोपटक फोब्र्सको विश्वका अर्बपतिहरूको सूचीमा प्रवेश गरेका थिए। उनले फोर्ब्सको सूचीमा प्रवेश लिँदा उनको सम्पत्ति एक अर्ब अमेरिकी डलर थियो । सन् २०१५ सम्ममा उनले सम्पत्ति १.३ अर्ब पुर्याइसकेका थिए । भूकम्प र नाकाबन्दी खेपेको वर्ष २०१६ मा उनको सम्पत्ति घट्यो ।
सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो । सन् २०१९ मा उनको सम्पत्ति १.७ अर्ब डलर पुगेको थियो । तर त्यसपछिका दुई वर्षयता उनको अर्बपति सूचीमा स्थान खस्किदो अवस्थामा रहेको थियो । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारीले उनको सम्पत्तिमा उल्लेख्य वृद्धि हुन नसक्दा धनाढ्य सूचीको स्थान खस्किएको थियो ।
त्यसपछि सन् २०२० मा घटेको उनको सम्पती १.४ बिलियन डलर पुग्यो। २०२१ मा स्थिर रहेको उनको सम्पती पुन अहिले बढेर १.५ बिलियन डलर पुगेको हो।
चौधरी सिजी कर्प ग्लोबलका सञ्चालक हुन् । नेपालमा उनको नबिल बैंक र सिजी फुडमा ठूलो लगानी छ । ६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ।
वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ। इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ। चौधरीका छोराहरु निर्वाण नेपालमा व्यवसायमा सक्रिय रहेको, राहुल र वरुण नेपालबाहिर सिजी ग्रुपको कम्पनी सञ्चालन गरिरहेको फोबर्सले लेखेको छ।

