सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार


काठमाडाैं –  विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।हिजो बुधबार प्रतितोला एक लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।  हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको थियो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया