सरकारले तेजाब र यौन हिंसाविरुद्ध अध्यादेश ल्याउने


काठमाडौं – सरकारले यौन हिंसा र तेजाब आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

यसअघि ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएपछि यौन हिंसामा परेका र तेजाव आक्रमणमा परेका पीडितले न्याय पाउनबाट बञ्चित भएका छन् ।

सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।

प्रतिक्रिया