समृद्धि फाइनान्सको हकप्रद बाँडफाँड, आइतबारदेखि रकम फिर्ता गरिने


काठमाडाैं – समृद्धि फाइनान्स लिमिडेडले निष्काशन गरेको हकप्रद बाँडफाँड  भएको छ । उक्त हकप्रदको बाँडफाँड चैत्र १६ गते बुधबार सम्पन्न गरिएको बिक्रि प्रबन्धक बि.ओ.के क्यापिटल मार्केटले जनाएको छ ।

क्यापिटलका अनुसार हकप्रदमा आवेदन दिने शेयरधनीलाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता शेयर बाँडफाँड गरिएको छ । यस संगै हकप्रदमा अवितरित ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर लिलाममा आउने छ ।

फाइनान्सले २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

साथै, आफ्नो हक भन्दा बढी हकप्रद शेयरको निमित्त आवेदन गरी बाँडफाँटमा नपरेका सेयरधनीहरुको सेयर वापतको रकम फिर्ता भुक्तानी मिति चैत्र २० गते आईतबारदेखि आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक/वित्तीय संस्थाको खातामा IPS मार्फत सिधै रकमान्तर गरिने छ ।

आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नक्साल, काठमाडौंमा सर्पक राख्न समेत कम्पनीले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया