
बढुवा भएका तीन एआईजीलाई आजै दर्ज्यानी चिन्ह
काठमाडौं – नेपाल प्रहरीका बिहीबार बढुवा भएका तीन जना अतिरिक्त प्रहरी महानिरीक्षाक (एआइजी) ले आजै (बिहीबार) नै दर्ज्यानी चिन्ह लगाउने भएका छन् ।
आज (बिहीबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले डिआइजीहरु बसन्त पन्त, रविन्द्र धानुक र धीरजप्रताप सिंहलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेसँगै उनीहरूलाई आजै दर्ज्यानी चिन्ह लगाइने भएको हो ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ मा डीआईजीहरु पन्त, धानुक र सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
लोक सेवा आयोगले तीन डिआइजीलाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको थियो। लोक सेवाको अनुमतिसँगै सरकारले उनीहरुलाई बढुवा गरेको थियो ।



कागजपत्र |
