
साढे ५ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ
हेटौंडा – मकवानपुर प्रहरीले साढे ५ किलो अवैध लागूऔषध गाँजासहित ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले हेटौंडा-१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट ७० वर्षीय भारतीय नागरिकलाई पक्रेको हो।
सडकमा शंकास्पद अवस्थामा बसिरहेका भारतको छाप्रा जिल्ला सबलपुरका गणेश रायको साथबाट ५ किलो ५०० ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उनलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



कागजपत्र |
