

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, १ हजार ६०७ कित्ता शेयर खरिदबिक्री

काठमाडौं- बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो कारोबार मंगलबार १४.२६ अंक घटेर २५२७.५८ विन्दुमा बन्द भएको थियो । आज उक्त सेसनमा अंक ०.१९ बढेर २५२७.७७ विन्दुमा पुगेको हो ।
आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३३ अंक बढेको छ । आज ९ स्टकको १० लाख ७१ हजार ५१ रुपैयाँ बराबरको १ हजार ६०७ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने ३ वटाको शेयरमूल्य घटेको छ ।

