

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, चुनावको तयारीबारे छलफल गर्ने

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । स्थानीय चुनावको तयारीबारे छलफल गर्न दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बैठक बस्न लागोको हो ।
नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने जानकारी दिए । बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ ।
लोसपाका नेताहरू सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलमा रहेको समाचार सार्वजनिक भएका छन् ।

