

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.२६ अंकले घटेर २६२७.५८ विन्दुमा झरेको छ । नेप्से ०.५६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१५ अंकले घटेर ४७१.९३ विन्दुमा झरेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २२५ वटा कम्पनीको ३८ लाख ९० हजार एक सय ३१ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ७५ करोड ६ लाख २८ हजार एक सय ९९ रूपैयाँ बराबरको कारोबार भएको छ । यसअघि सोमबार कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो भने आइतबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार ५१ कम्पनीको मूल्य बढ्यो भने १३१ को घट्यो । ११ कम्पनीको भने स्थिर रह्यो । बैंकिङ ५, विकास बैंक २६, फाइनान्स १४, जलविद्युत् १६, जीवन बीमा २१९, उत्पादन १५, लघुवित्त ३४, निर्जीवन बीमा ७६ र अन्य उपसमूह २० अंकले घटे । होटल तथा पर्यटन समूह मात्रै २५ अंक बढ्यो ।
तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल, नेस्डो लघुवित्त र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो । यस्तै, जाल्पा सामुदायिक लघुवित्तको ४.०१ प्रतिशत, समाता घरेलु लघुवित्तको २.३४ प्रतिशत, सिटिजन क्युचुअल फण्डको २.२६ प्रतिशत र यूनियन लाईफ इन्स्योरेन्सको २.०२ प्रतिशतले बढेको हो ।
मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ९१ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । ग्लोबल आइएमई बैंकको ७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको ६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

