

अन्ततः सञ्चालनमा आउने भयो जयनगर–कुर्था रेल सेवा
शनिबार देउवा र मोदीले भर्चुअल उद्घाटन गर्दै

काठमाडौं – जयनगर–कुर्था (जनकपुर) रेल्वेको उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवा सुरुवात गरेर रेलको शनिबार उद्घाटन गर्ने जनाइएको छ ।
रेलमार्ग स्तरोन्नतिका लागि भारतले सन् २०१४ देखि बन्द गरेको रेल सेवा अहिले सुरुवात गर्न लागिएको हो । शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा रेल सेवाको पुनः सुरुवात जनाइएको छ ।
सरकारले यसअघि गत चैत ८ गते रेलवे अध्यादेश जारी गर्दै रेल चलाउने तयारीलाई अन्तिम रुप दिएको थियो ।
भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।

