

प्रि ओपन सेसनमा साढे २ लाखको शेयर कारोबार

काठमाडौं – साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ। नेप्से प्रि ओपन सेसनमा ०.८१ अंक बढेर २५६२.६५ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ।
मंगलबार प्रि ओपन सेसनमा ७ स्टकको २ लाख ४९ हजार ३०६ रुपैयाँ २० पैसा बराबरको ११६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको शेयरमूल्य घटेको छ।

