युक्रेन–रुस वार्ताको क्रममा रुसी अर्बपति रोमन अब्रामोविचमाथि सम्भावित ‘विषाक्त’ आक्रमण


रुस – रुसी अर्बपति रोमन अब्रामोविचमाथि विषाक्त आक्रमण भएको आशंक गरिएको छ। उनीमा देखिएका लक्षणहरु विषाक्त आक्रमण भएको हुन सक्ने स्रोतहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो महिना ९मार्च० को सुरुमा युक्रेन–बेलारुसको सीमा क्षेत्रमा भएको शान्ति वार्ताको क्रममा रोमनमाथि विषाक्ता आक्रमण भएको हुन सक्ने जनाइएको छ ।

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमनको अवस्था अहिले सुधार भएको छ। सम्भावित विषाक्त आक्रमणका कारण उनको आँखा सुन्निएको तथा छालाको रंग पहेँलो भएको थियो ।

युक्रेनको वार्ता टोलीमा रहेका दुईजनालाई पनि सोही प्रकारको समस्या देखिएको उल्लेख छ। वार्तालाई असफल पार्न चाहने रुसी ‘हार्डलाइनर’ हरुले विषाक्त आक्रमण गरेको हुन सक्ने आरोप रिपोर्टले लगाएको छ ।

विषाक्त आक्रमणको आरोप सार्वजनिक भए लगत्तै नाम नबताउने शर्तमा एक रुसी अधिकारीले समाचार संस्था रोयटर्ससँग उनीहरुमाथि विषाक्ता आक्रमण नभएको दाबी गरेका छन् ।

त्यस्तो लक्षण ‘वातावरणीय’ कारणले भएको उनले रोयटर्ससँग बताएका छन् । युक्रेनी राष्ट्रपति कार्यालयका अधिकारीले आफ्नो वार्ता टोलीका सदस्यहरु ठिक रहेको र विषाक्त आक्रमणको कुरा ‘गलत’ रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया