कैलालीमा ११ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ


धनगढी – कैलालीमा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।

घोडाघोडी नगरपालिकामा ११ वर्षीय  बालिकालाई जवरजस्ती करणी  गरेको आरोपमा प्रहरीले ती वृद्धलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय सुुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मणबहादुर शाहीले बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय कल्लु दमाइलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार घटना ४-५ दिन अगाडिको भए पनि ढिलो गरेर आइतबार मात्र इलाका प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि दमाइलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको छ ।

गोठालो गएकी १२ वर्षीया बालिकामाथि बलात्कार, ५२ वर्षीय पुरुष पक्राउ

 

प्रतिक्रिया